Media

एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदको भर्चुवल रनफेष्ट कार्यक्रमको औपचारिक उद्घाटन

03 Jan

लण्डन । एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदको भर्चुवल रनफेष्ट कार्यक्रम औपचारिक उद्घाटन भएको छ ।

राज्य समन्वय परिषद इंग्ल्याण्डका अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षतामा तथा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यतामा सो कार्येक्रमको औपचारिक उद्घाटन गरिएको हो ।

बेलायतमा सक्रिय विभिन्न संघसस्थाका प्रमुख तथा इंग्ल्याण्ड राज्य समन्वय परिषद कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, सन्चारकर्मीहरु र फिटनेस, खेल र स्वास्थ्य सम्बन्धि बिज्ञहरुको समुपस्थितिमा प्रमुख अतिथि एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले सबैलाई जागरुक हुन भन्दै तालि बजाएर कार्यक्रमको समुद्घाटन गरी आफु यस रनफेष्ट कार्यक्रममा सहभागि भएको घोषणा गरी विश्वभरि छरिएर रहनुहुने नेपालीहरुलाई यस कार्यक्रममा सहभागि हुन आग्रह गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए
राज्य समन्वय परिषद इंग्ल्याण्डकी सहसचिव अन्जु कुवरले कार्यक्रम सन्चालन गरेकी थिईन भने सचिव राम प्रसाद पन्थीले एनआरएनको उद्देश्य संग जोडिएको जागरण मुलक रनफेष्ट कार्यक्रम बारे प्रकाश पार्दै स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रमको पहिलो चरणमा अंग्रेजी नयाँवर्ष २०२२ को पहिलो प्रभातकालिन दिन भएकोले नयाँवर्षको शुभकामना र राज्य समन्वय परिषद इंग्ल्याण्डले आँटेको यो रनफेष्टकार्यक्रमको सफलताको शुभकामना मन्तब्य दिने रहेको थियो ।
एनआरएनका प्रमुख संरक्षक शेर बहादुर सुृनारले नयाँवर्षको शुभकामना साथै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।
राज्य समन्वय परिषद इंग्ल्याण्डका निवर्तमान अध्यक्ष श्री दिपक श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए भने राज्य समन्वय परिषद इंग्ल्याण्डका उपाध्यक्ष श्री भक्त दर्जीले पनि ऑनलाइन मार्फत नेपालबाट कार्यक्रम्को सफलताको शुभकामना दिएका थिए ।

उपस्थित पत्रकारहरु भागिरथ योगी , टिका अधिकारी , बिपिन निरौला, बाचस्पति रेग्मी तथा सल्लाहकारहरु राष्ट्र राई र कुशन गुरुङले दौडको विशेष महत्व माथि थप प्रकाश परेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा रनफेष्ट कार्यक्रमका संयोजक बलराम सुृबेदिले यो कार्यक्रम राज्य समन्वय परिषद इंग्ल्याण्डको https://nrna-escc.org/ मा गएर आफुलाई दार्ता गराइ तोकिएको दस्तुर तिरेर आफ्नो ५ किलोमिटर दैडेको प्रमाण सोहि वेवसाइट मार्फत अपलोड गरेपछि यो पटको कार्यक्रको काम सकिने र एनआरएनएको तर्फबाट सहभागिलाई प्रमाण पत्र र मेडल प्रदान गरिने बताए ।

सो दौड कार्यक्रम मा कुनै पनि जिज्ञासा भएमा राज्य समन्वय परिषद युकेका कुनै पनि पदाधिकारिहरु र सदस्यहरुसँग सम्पर्क गर्न सकिने बलराम सुवेदिले बताए ।

Write a Reply or Comment