Media

एनआरएनए इंग्ल्याण्डको भर्चुअल रनफेस्ट उद्घाटन

03 Jan

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) राज्य समन्वय परिषद इंग्ल्याण्डको आयोजनामा भर्चुअल रनफेस्ट कार्यक्रम सुरु भएको छ । शारीरिक र मानसिक स्वास्थ्यलाई प्रबद्र्धन गर्न एनआरएनए इंग्ल्याण्डले रनफेस्ट आयोजना गरेको हो ।

शनिबार अंग्रेजी संवत् नयाँ वर्ष २०२२ को उपलक्षयमा अयोजित भर्चुअल कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले रनफेस्टको उद्घाटन गरे । कार्यक्रमको पहिलो चरणमा अंग्रेजी नयाँवर्ष २०२२ को शुभकामना आदानप्रदान र भर्चुल रनफेस्टलाई शुभकामना दिने कार्यक्रम रहेको थियो ।

राज्य समन्वय परिषदकी सहसचिव अन्जु कुँवरले कार्यक्रम सञ्चालन गरेकी कार्यक्रममा सचिव राम प्रसाद पन्थीले एनआरएनको उद्देश्यसँग जोडिएको जागरणमूलक इभेन्ट रनफेष्ट कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रमको ब्यानर ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, प्रमुख संरक्षक शेरबहादुर सुृनार, राज्य समन्वय परिषद इंग्ल्याण्डका निवर्तमान अध्यक्ष दिपक श्रेष्ठ, राज्य समन्वय परिषद इंग्ल्याण्डका उपाध्यक्ष भक्त दर्र्जीले पनि अनलाइन मार्फत नेपालबाट शुभकामना दिएका थिए ।
त्यस्तै, पत्रकारहरु भगीरथ योगी, टीका अधिकारी, विपीन निरौला, वाचस्पति रेग्मी, सल्लाहकारहरु राष्ट्र राई र कुशन गुरुङ, साहारा यूकेका अध्यक्ष कुशन गुरुङले दौडको विशेष महत्व माथि प्रकाश पारेका थिए ।

कार्यक्रम सञ्चालन गर्दै सहसचिव अञ्जु कुँवर ।
कार्यक्रमको दोस्रो चरणमा रनफेष्ट कार्यक्रमका संयोजक बलराम सुवेदीले यो कार्यक्रम राज्य समन्वय परिषद इंग्ल्याण्डको https://nrna-escc.org/ मा गएर आफुलाई दर्ता गराई तोकिएको दस्तुर तिरेर आफ्नो पाँच किलोमिटर दौडेको प्रमाण सोही वेभसाइट मार्फत अपलोड गरेपछि कार्यक्रमको काम सकिने बताए । त्यसपछि, एनआरएनएको तर्फबाट सहभागीलाई प्रमाण पत्र र मेडल प्रदान गरिने उनले जनाए । रनफेस्ट जागरणमूलक र स्वास्थ्यबद्र्धक दौड भएकोले सहभागीले आफूलाई इच्छा लागेको स्थानमा दौडन सक्ने कुरा बताए । कार्यक्रम राज्य समन्वय परिषदका अध्यक्ष लाल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

Write a Reply or Comment