Media

कोरोना भाईरस (COVID-19) सम्बन्धि जानकारी तथा अपिल

29 Dec

आदरणीय इंग्ल्याण्ड लगायत सम्पूर्ण बेलायतवासी गैर आवासीय नेपाली दिदि-बहिनि तथा दाजु-भाईहरु नमस्कार,

 

तिब्ररुपमा फैलिएको कोरोना भाइरस (Covid-19) महामारीको कारण विश्वनै त्रसित भएको र यसको कारण करिब १० हजार भन्दा बढीको ज्यान गैसको तथा करिब २ लाख ५० हजार भन्दा धेरै मानिस हरु संक्रमित भैसकेको अवस्था रहेको अबस्थामा यस बाट प्रभावित सम्पूर्ण जनसमुदाय प्रति गैर आवासीय नेपाली संघ युके, राज्य समन्वय परिषद इंग्ल्याण्ड परिवार हार्दिक सहानुभूति प्रकट गर्दछौं।

 

यसको बढ्दो प्रकोपलाई रोक्न को लागि बिश्वब्यापी रुपमा सम्पूर्ण ब्यबसाय देखि लिएर सरकारी निकायतथा अन्य गतिविधिहरुलाई स्थगित गर्ने क्रम जारिरहेको र यसबाट करोडौंको संख्यामा मानिसहरु प्रभावित भएको यहाहरुलाई अबगत नै छ। बेलायतमा पनि तथ्यांकमा राखिए अनुरुप 1,228 जनाको यस प्रकोपबाट ज्यान गैसकेको छ भने 19,522 हजार भन्दा धेरै बेलायतबासि हरु यस बिशाणुबाट संक्रमित भएको जानकारी छ। बिस्तारै स्कुलहरु, धेरै जमघटहुने स्थलहरु, लागायत अन्य दैनिक गतिबिधिहरु प्रभावित हुँदै गैरहेको अवस्था छ भने प्रत्यकजनमानसहरुमा डर-त्रास को वातावरण रहेको छ। यस भयावह अनास्थामा हाम्रो नेपाली समुदायबिचमा पनि असहजको बातावरण अबस्य बनेको छ।

 

बेलायत सरकारले विभिन्न संचार माध्यमहरु बाट दैनिक रुपमा यस प्रकोप सम्बन्धि जानकारी  दिंदैआएको छ। यस आपतकोघडीमा आपतकालीन नियमहरु को पालना गर्नु भै होशियारी पुर्बक आफ्नो तथा आफ्नो-परिवारको स्वास्थ्य सुरक्षाको लागि अग्रसर हुनुहुन हार्दिक अपिल गर्दछौं।

 

सरकारले यस प्रकोप बाट हुने आर्थिक असुविधा लाई सहज गर्नको लागि विभिन्न ब्यबसायहरु, कर्मचारीहरु तथा यसबाट प्रत्यक्ष, अप्रत्यक्षरुपमा प्रभावित नागरिकहरुको लागि आपतकालीन आर्थिक प्रावधानहरु पनि प्रकाशित गरेको छ। स्वास्थ्य तथा आर्थिक सम्बन्धि आधिकारिक जानकारीको लागि निम्न निकायहरुबाट सूचना हरु प्राप्त गर्न सकिने छ।

 

  • स्वास्थ्य सम्बन्धि जानकारी : www.nhs.org
  • सरकारको आपतकालीन आर्थिक नीति तथा नियम सम्बन्धि: www.gov.uk, www.hmrc.gov.uk
  • आपतकालीन Mortgage Holiday सम्बन्धि : यहाँहरु MORTGAGE बैंक को WEBSITES

Write a Reply or Comment