गैर-आवासीय नेपाली संघ यूके , राज्य समन्वय परिषद, इंग्ल्याण्ड द्वारा आगामी जनगणना २०२१ मा सम्पूर्ण नेपाली हरुलाई समावेश गरि नेपाली भनेर चिनिने पहिचान को सुनिस्चित गर्ने उद्देश्य सहित , इंग्ल्यान्ड भित्र रहेका स्थानीय तथा जातिय संघ-संस्थाहरु संग समन्वय गर्ने कार्यलाई तिब्रताका साथ लगिरहेको छ। यस कार्यक्रमलाई चुस्त दुरुस्त बनाउनको लागि तथा इंग्ल्याण्ड भरि छरिएर रहेका नेपाली दाजुभाई तथा दिदि-बहिनिहरुलाई प्रत्यक्ष रुपमा सहयोग प्रदान गर्नको लागि इंग्ल्याण्डका सम्पूर्ण क्षेत्र समेट्ने गरि तथा विभिन्न विधाहरुलाई समेटेर उप-समितिको गठन गरिएको छ। उक्त उपसमितिद्वारा, उहाँहरुको कार्यभार तथा कार्यक्षेत्र अनुसार सहयोग उपलब्ध गराईने छ। यस अघि सबैलाई स्वस्फुर्ति स्वयंसेवकको रूपमा आउन पत्रचार तथा संचार माध्यम बाट आह्वान गरिएको थियो।
अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले महिला, गोर्खा, युवा, क्षेत्रीय र जातिय संस्थाहरुलाई समेटेर उपसमितिहरु निर्माण गरेको हो ।
नवगठित उपसमितमा संघसंस्था समन्वय कोअर्डिनेसन इंग्ल्याण्ड राज्य परिषद् आफैले गर्ने भएको छ भने सहसंयोजकद्वयमा गजेन्द्र कटुवाल र महेश अधिकारी( मिडल्याण्ड क्षेत्र) गोर्खा कोअर्डिनेटर महेन्द्र लिम्बु, हेल्प लाईन कोअर्डिनेटर पुण्य रेग्मी, सिनियर सिटिजन कोअर्डिनेटर कुमार श्रेष्ठ, मिडिया कोअर्डिनटर श्याम लुईटेल, मोवाइल सपोर्ट कोअर्डिनेटर विक्रम भट्टराई, इथ्निङक कोअर्डिनेटरमा रामधन राई, भोलिण्टियर कोअर्डिनेटर जीवन सेन, आईटी कोअर्डिनेटर ह्यारी गुरुङ, सहसंयोजकद्वयमा सन्तोष मण्डल, अभि महर्जन, वुमेन कोअर्डिनेटर प्रसुना कंडेल, युथ कोअर्डिनेटर अहिल्या कुँवर र सहसंयोजक गणेश खड्का हुनुहुन्छ।
आवश्यकता अनुसार समितिमा थप गर्दै लगिनेछ साथै कोहि ईच्छुक हुनुहुन्छ भने हामी लाई यस ईमेलमा सम्पर्क गर्नुहोला ।
Email: [email protected]
धन्यवाद !